तस्वीरमा हेर्नुहोस् तारा एयर दुर्घटनाको ह्दयविदारक दृश्य (सावधानी आवश्यक)


दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये चालक दलका तीन सदस्य र १० यात्रुको शव मात्र पहिचान हुनसक्ने अवस्थामा रहेको र बाँकी टुक्रा टुक्रा बनेको पोखराका रेवती बराल र मुक्तिनाथ बाँस्तोला, स्याङजाका मोतीबहादुर केसी, बाग्लुङका बालकृष्ण न्यूरे, सिन्धुपाल्चोककी डोल्माछिरिङ शेर्पा, सुनसरीका राजकुमार तामाङ तथा मुस्ताङका विनिता भट्टचन, कृष्णलाल भट्टचन र बिनिताका नाबालक छोराको शव र कुवेती नागरिक अहमद रालरसहिदको शव पहिचान भएको छ। यस्तै वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट दिपेश निमकुल र एयर होस्टेस रमा राउतको शव हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको छ । मुस्ताङका विनिता भट्टचन, कृष्णलाल भट्टचन र बिनिताका नाबालक छोराको शव पनि परिवारको जिम्मा लगाइएको छ। बाँकी १७ जनाको शव भने पोखरास्थित पश्चिामान्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। तारा एयरको विमान बुधबार विहान पोखराबाट जोमसोम जाने क्रममा म्याग्दीको सोलीघोप्टे भीरमा दर्घटनाग्रस्त भएको थियो। घटनास्थल निकै विकट भएको र शवहरु तितरवितर भएका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले साढे दुई घन्टाको समय लगाएर संकलन गरी एअर डाइनेष्टीको हेलिकोप्टरमार्फत शव पोखरा ल्याएका हुन्। प्रहरीले आजबाट विमानको ब्ल्याक बक्ससहितका सामानहरुको खोजी गरिने बताएको छ । तस्वीरमा हेर्नुहोस् दुर्घटनामा केही तस्वीर । कृपया बालबालिका र कमजोर मुटु भएकाहरुले तस्वीर हेर्दा सावधानी अपनाउनुहोला ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?