भ्रष्टाचारको जालोबाट छुटाउनु फिफाका नयाँ अध्यक्षको चुनौती


fifa newविश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्वमा जियानी ईन्फान्टिनो निर्वाचित भएका छन् । युएफाका महासचिव रहेका स्वीट्जरल्याण्डका ईन्फान्टिनो अरु तीन प्रतिष्पर्धीलाई पछि पार्दै फिफाको अध्यक्ष बन्न सफल भएका हुन् ।
दोस्रो चरणको मतदानमा उनले ११५ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफा उनीभन्दा २७ भोटले पछि परे ।
स्विट्जरल्याण्डको ज्युरिचमा शुक्रबार भएको निर्वाचनमा अध्यक्षको प्रत्याशीमा जोर्डनका राजकुमार अली बिन अल हुसेन, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल थिए । गत वर्ष पाँचौ कार्यकालको लागि निर्वाचित भएको केही हप्तापछि सेप ब्लाटरले फिफा अध्यक्षको पदत्याग गर्ने घोषणा गरेपछि निर्वाचन गरिएको हो । नवनिर्वाचित अध्यक्षको चुनौती भ्रष्टाचारमा पूरै डुबेको फिफालाई यसको पुरानै अवस्थामा ल्याउनु नै प्रमुख चुनोती रहेको विश्लेषण गरिएको छ । उनले पनि सुधारका कार्यक्रमहरु अघि बढाउने योजना बनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?