पूर्वयुवराजको पारस र हिमानी शाह एकसाथ देखिए
पूर्वयुवराज पारस शाह र हिमानीबीचको सम्बन्धको बारेमा धेरै बताइरहनै पर्दैन । उनीहरुबीचको सम्बन्धमा समस्या देखिएपछि नै पारस लामो समय विदेश बसे । तर, जब उनी नेपाल आए उनले छोराछोरीसँग भेट्ने र विभिन्न कार्यक्रमहरुमा जाने गरिरहेका थिए । तर, उनको भेट हिमानीसँग भने भएको थिएन । तर, एउटा विवाह समारोहमा भने उनीहरु एउटै फोटोमा समेत अटाएका छन् । पारसकी फुपु शोभा शाहीका छोरा हिमवानको विवाहका क्रममा यस्तो अवसर जुरेको हो । यद्यपि, फोटोमा पारसको परिवार र नवविवाहित जोडी देखिन्छ । तत्कालीन समयमा हिमानीलाई कुटपिट गरेको र बन्दुक नै निकालेर एभरेष्टको डान्स बारमा हवाई फायर गरेको, ज्वाई राजबहादुर सिंहलाई कुटपिट गरेको, रुबेल चौधरीसँगको झडप लगायतका घटनाक्रमका कारण सम्बन्ध चिसिएको थियो भने उनी लामो समयदेखि परिवारभन्दा टाढा थाईल्याण्डमा कन्निका चसाईसँग बस्दआएका थिए । एउटै फोटो फ्रेममा अटाउनु मात्र पारिवारिक औपचारिकता हो अथवा पूर्वराजपरिवारले विस्तारै पारस शाहलाई अंगालेको हो यो भने केही महिनापछि मात्र खुल्ने देखिएको छ ।