सुतेको बालिकालाई अपहरण गरी बलात्कार गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा


Rss_Images_1457097372914_RG-BKT- Balatkari Sarbajanik photo-21यही फागुन ७ गते राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरेर बलात्कार गरी फरार रहेका मध्यपुरथिमि–१६का नरबहादुर श्रेष्ठलाइ पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिले सार्वजनिक गरेको छ । बलात्कार गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका वडा नं ३ स्थायी घर भई हालसुकुम्बासी बस्ती बस्ने ३२ वर्षीय राजकुमार भनिने श्रेष्ठलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । अभियुक्त श्रेष्ठले सुतेकै ठाउँबाट बालिकालाई अपहरण गरी कराएमा खाडलमा पुर्ने धम्की दिँदै बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । भोलिपल्ट बिहान श्रेष्ठले बालिकालाई घर अगाडि लगेर छाडी दिएर फरार भएकामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले गए राति मनोहरामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । अभियुक्त श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयबाट आजै म्याद थप गरी प्रहरी हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?