एडिलेडमा पनि गठन भयो झापाली समाज अष्ट्रेलियाको शाखा


jhapaliनेपालमा झापा जिल्ला घर भई अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने झापालीहरुको संस्था झापाली समाज अष्ट्रेलियाले आफ्नो शाखा एडिलेडमा पनि विस्तार गरेको छ । गत साता एक भेलाको आयोजना गरी झापाली समाज एडिलेड गठन गरिएको हो । यसका लागि झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेल, अध्यक्ष दिपक खनालसहितको टोली एडिलेड पुगेको थियो । उक्त भेलाले नारायण खड्काको संयोजकत्वमा ७ सदस्यीय झापाली समाज अष्ट्रेलियाको एडिलेड शाखा गठन गरेको हो । उक्त शाखाको उपसंयोजकमा टुंगा बानियाँ, सचिवमा मिलन दाहाल, सहसचिवमा सरिता ओली, कोषाध्यक्षमा उर्मिला सिटौला र सदस्यहरुमा नविनकुमार सिंह राजवंशी र अभि बास्कोटा रहेका छन् । यस्तै सल्लाहकारमा राजन प्रसाई, क्षितिज खवास र रामकृष्ण निरौला रहेका छन् । कार्यक्रममा सहभागी हुन सिड्नीबाट झापाली समाज अष्ट्रेलियाका पदाधिकारीहरु दिपक चुडाल, रुपराज मैनाली, अजय राजवंशी, ईन्द्र न्यौपाने, तिर्थ खतिवडा लगायत एडिलेड पुगेका थिए । पछिल्लो समयमा झापाली समाज अष्ट्रेलियाले झापाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । आफ्नो जन्मठाउँको विकासका लागि थोरै भएपनि योगदान गर्नका लागि एकजुट बन्नुपर्ने आवश्यकतालाई बोध गर्दै शाखा विस्तारलाई प्राथमिकतामा राखिएको अध्यक्ष दिपक खनालले एमएनटीभीलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?