कवि भीमसेन सापकोटाको कविता संग्रह प्रश्नमा ईश्वरको सिड्नीमा विमोचन


bhimsenकवि तथा पत्रकार भीमसेन सापकोटाको कविता संग्रह प्रश्नमा ईश्वरको गत शनिबार अष्ट्रेलियाको सिड्नीमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सद्वारा आयोजित ूदोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठीू को महोत्सब दोस्रो दिन अस्ट्रेलियाका लागी नेपाली राजदुत रुद्रकुमार नेपाल, अमेरिकाबाट आउनु भएका अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपाल बाट आउनु भएका डा। प्रोफेसर तथा साहित्यकार गार्गी शर्मा , साहित्यकार तथा अमेरिकाबाट आउनु भएका अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, भारतबाट आउनु भएका साहित्यकारहरु प्राज्ञ तथा वरिस्ठ सर्जक विन्ध्या सुब्बा, डा पुष्पा शर्मा, डा कविता लामाले संग्रहको संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रममा कवि सापकोटाले आफ्नो पुस्तकको एक कविता वाचन गर्नु भएको थियो भने सो विमोचन सेसन को कार्यक्रम सन्चालन सानु घिमिरेले गर्नु भएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै साझा प्रकाशनका पुर्व अध्यक्ष तथा वरिस्ठ साहित्यकार नवराज कार्कीले अनेक रोचक विषय समेटिएको सापकोटाको किताब डायस्पोरिक नेपाली साहित्यको सङ्ग्रहयोग्य रहेको बताउनुभयो । सापकोटा साहित्यकारका साथै सञ्चारकर्मी पनि हुनुहुन्छ । सापकोटाको यो दोस्रो कृती हो। यस अघि उँहाको भत्किएको पर्खाल पूणार्ङकी नाटक वि।स। २०६१ मा प्रकासित भएको थियो । यसैविच नेपालमा समेत सो पुस्तक एकै दिन लोकार्पण गरिएको जानकारी सापकोटाले गराउनुभएको छ । विज्ञान तथा प्रविधि मन्त्री मन्त्री शिव लाल थापाले काठमाडौंमा विमोचनगर्नुभएको हो । प्राज्ञ श्रीराम सापकोटा , अनेसास केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकाली लगायत विभिन्न साहित्यकारहरूले पुस्तक र पुस्तककार विच आ९आफ्नो धारणा राख्नु भएको थियो । अस्ट्रेलियामा र नेपालमा एकै दिन लोकार्पण गरिएको सो कृति लाई अनेसास ले प्रकाशन गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?