रुसलाई क्रिमियासँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट
असोज २२, एजेन्सी। सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्रिमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन्।
स्थानीय समयानुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्राइमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रूसी समाचार एजेन्सीले जनाएका छन्।
यस बक आक्रमणमा राष्ट्रिय विरोधी तथा आतङ्ककारी समूहलाई आरोप लगाइएको मस्कोका अधिकारीले जानकारी दिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरिएको र २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण लैजानका लागि र साथै त्यहाँ सेना लैजानको लागि एक प्रमुख यातायात साधन थियो। रुसले युक्रेनमा लडाइँ भएपनि पुल सुरक्षित रहेको बताएको थियो।