विश्व इतिहासमा आज, यस्ता भएका थिए महत्वपूर्ण घटना !
आज सन् २०२२ को अक्टोबर ९ । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम
मलला युसफजायीको हत्या प्रयास
सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्त मलला युसफजाईको हत्या प्रयास गरेका थिए। विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए। गम्भिर घाइते बनेकी उनको वेलायतमा उपचार भएको थियो। सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन्।
खमेर गणतन्त्र स्थापना
सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो। जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो । यसअघि राजकुमार नरोद्दोम सिहानुकविरुद्धको कुमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए।
बेलायतबाट युगान्डा स्वतन्त्र
सन् १९६२ मा युगान्डाले वेलायतबाट स्वतन्त्र पाएको थियो। युगान्डा सन् १८९४ देखि वेलायतको अधिनमा थियो। स्वतन्त्र युगान्डका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन्।
युनिर्भसल पोस्टल युनियनको स्थापना
सन् १८७४ मा राष्ट्रसंघको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो। २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि युनियन स्थापना गर्ने बाटो खुलेको थियो।