विश्व इतिहासमा आज
असोज ३१, काठमाडौँ । आज १८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः
वेनेजिर भुट्टो स्वदेश फिर्ता
आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन्। स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनाबी ह्यालीमा भुट्टोको हत्या भएको थियो। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन्।
पाइपलाईन बिस्फोटमा २०० को मृत्यु
नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाईपलाईनमा ठूलो बिस्फोट भएको थियो। लागोस्थित पाईपलाईनमा भएको सो बिस्फोटमा २०० जनाको मृत्यु भएको थियो। बिस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो।
अमेरिकाले गर्याे रूसबाट अलास्का खरिद
सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो। आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो। तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन्। सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो।
प्युरटो रिको अमेरिकाको अधिनमा
स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो। सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ।