रक्सीले मातेपछि एक श्रीमानले ब्रिसबेनमा गरे श्रीमती र सासुको हत्या, घाइते ससुरा अस्पतालमा
अष्ट्रेलियाको ब्रिसबेनमा एक ४३ वर्षीय भारतीय मूलका व्यक्तिलाई प्रहरीले आफ्नै श्रीमती र सासुलाई मारेको अभियोगमा पक्राउ गरेको छ । उनीमाथि अन्य अभियोगहरु समेत लगाइएको छ । बलविन्दर घुमान नाम गरेका यी व्यक्तिले नशाले धुत्त भएको बेला श्रीमती र सासुसँग विवाद गरेका थिए । विवाद बढ्दै जाँदा आवेगमा निजले सोमबार हत्या गरेका हुन् । उनले श्रीमती मनिजिन्दर र ससुरा ७२ वर्षीय श्रवण सिंहलाई पनि छुरा प्रहार गरेका थिए । आफ्नी छोरी बचाउन आएका श्रवणको तत्कालै ज्यान गएको थियो भने घाइते सासु ६६ वर्षीय सुखविन्दर घुमान भने गम्भीर घाइते छिन् । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुको हत्या गरेपछि बलविन्दर रगत लतपछिएको लुगामै बाहिर सडकमा देखिएका थिए । अहिले प्रहरीले निजलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ । मुख्यतः मदिरा सेवनकै कारण घटना भएको निष्कर्शमा प्रहरी पुगेको छ । घरेलु हिंसाका घटनाहरु सार्वजनिक हुने क्रममा प्रहरीले यसलाई गम्भीर रुपमा लिएको छ ।