अमिताभलाई उचाइको कथा सुनाउन औषधिको सहारा


कार्तिक ३, मुम्बई । मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ(साथ है’ र ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्माण गरेका सूरज बडजात्या मल्टीस्टारर फिल्म ‘उचाइ’ बाट निर्देशन क्षेत्रमा कमव्याक गर्दैछन्। यो फिल्म आगामी महिना नोभेम्बर ११ मा रिलिज हुँदैछ।

निर्देशक सुरजका अनुसार फिल्ममा अमिताभलाई कास्ट गर्न निकै तनाव भएको थियो। अमिताभलाई स्क्रिप्ट बताइरहँदा उनी यति नर्भस भएकी उनले औषधि नै खानु परेको थियो।

‘जब तपाईं अमिताभ बच्चनलाई कुनै फिल्मको स्क्रिप्ट सुनाउँदै हुनुहुन्छ भने उहाँ कुनै उत्सुकता बिना नै स्क्रिप्ट सुन्नुहुन्छ। उहाँको अगाडि बस्नु त्यति सजिलो छैन। मैले उहाँलाई सन्देश पठाएर जूम मिटिङमा समय मागेको थिएँ, उनले भनेका छन्, ‘जब म उचाइको स्क्रिप्ट सुनाउँन बसें, मैले त्यो बेला औषधि सेवन गरेको थिएँ। किनकी अमिताभको अगाडि बस्नु सजिलो छैन। मलाई सम्झना छ कि जब मैले उहाँलाई ‘मे प्रेम की दिवानी हुँ’ को स्क्रिप्ट सुनाएको थिएँ, उहाँले मसँग यस्तै गर्नुभयो।’

फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन ईरानी, नीना गुप्ता, सारिका र डेनी डेन्जोङपाको अभिनय छ। नेपाल र कश्मीरमा छायांकन गरिएको फिल्ममा परिणीतिले टुरिस्ट गाइडको भूमिका निर्वाह गरेकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?