राष्ट्रलाई एकताबद्ध बनाउने खेलकुद क्षेत्रमा लाग्न अध्यक्ष दाहालको निर्देशन


prachandaएकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुद क्षेत्रले राष्ट्रलाई एकतावद्ध बनाएर लैजाने भएकाले त्यसमा प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासङ्घका पदाधिकारीसँग आफ्नै निवास लाजिम्पाटमा भएको भेटवार्तामा उहाँले राष्ट्रलाई एकतावद्ध बनाउने उपाय भनेकै खेलकुद भएकाले त्यसलाई समृद्ध, परिस्कृत र व्यावसायिक बनाउन आग्रह गर्नुभयो । अध्यक्ष दाहालले महासङ्घ पदाधिकारीलाई खेलकूद क्षेत्रमा भएका समस्याको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनु भयो । उहाँले एमाओवादी पार्टीलाई दुई वर्षभित्र मुलुकको एक नम्बरको पार्टी बनाउन र समाजवादी क्रान्तिका लागि देशव्यापिरूपमा सक्रियतापूर्वक अगाडि बढ्न निर्देशन दिनुभयो । भेटघाट कार्यक्रममा महासङ्घका अध्यक्ष युवराज लामाले खेलकूद क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?