छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन
कार्तिक ७, म्याड्रिड । अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन्। सलमानले एउटा हात पनि नचल्ने भएको छ। ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका उनले एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रुर हमला थियो। ’
एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन्। उनको घाँटीमा तीनवटा गम्भिर घाउहरू थिए। उनको हातको नसा काटिएको कारण एउटा हात चल्दैन।
अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन्। सन् १९८८ को विवादास्पद उपन्यास सटानिक भर्सेसका कारण उनको हत्या गर्ने धम्की आएको छ। कतिपय मुस्लिमहरुले उनको पुस्तकले इस निन्दा गरेको बताएका छन्।