जंगल गएकी महिला बेपत्ता भएपछि अजिंगर काटेर हेर्दा भेटियो शव
कार्तिक १०, एजेन्सी। इन्डोनेसियाको एउटा दुर्गम गाउँमा एक महिलालाई ठूलो अजिंगरले खाएको छ।
जाहरा नामक रबर ट्यापर यस हप्ताको सुरुमा सुमात्राको आफ्नो गाउँबाट एक्लै जंगलमा गएपछि बेपत्ता भएकी थिइन्। उनको परिवारले पछि उनको एउटा टर्च र एटा चप्पल फेला पार्यो।
पछिल्ला दिनमा स्थानीयले उनको खोजी गर्दा पेट फुलेर ठूलो भएको सर्प फेला पारे। उनीहरुले सर्पलाई काट्दा भित्र महिलाको शव फेला पर्यो।
स्थानीय समाचार साइट ट्रिब्युनजाम्बीले अजिंगर करिब सात मिटर लामो रहेको बताएको छ। जालीदार अजिंगर संसारको सबैभन्दा ठूलो सर्प हो। यो प्रजाति दक्षिणपूर्वी एशियामा व्यापक छ।
तिनीहरूले सामान्यतया सुँगुर, हिरण, बिन्टुरोङ र जंगली जनावरहरू खान्छन्। उक्त क्षेत्रमा विशाल सर्पहरूले मानिसहरूलाई खाने गरेको लामो इतिहास छ।
तिनीहरू भारत, इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया र फिलिपिन्स सहित लगभग सबै दक्षिण र दक्षिणपूर्वी एशियाली देशहरूमा पाइन्छ।
२०१८ मा अर्की इन्डोनेसियाली महिलालाई सुलावेसीमा जालीदार अजिंगरले मारेर खाएको थियो। अघिल्लो वर्ष पनि सुलावेसीमा सात मिटर अग्लो सर्पले टोकेर २५ वर्षीय इन्डोनेसियाली युवकको मृत्यु भएको थियो ।