इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु
कार्तिक ११, तेहरान । इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएको सरकारले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा बताइएको छ।
मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ। आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ।
आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ।