अष्ट्रेलियामा रहेका नेपालीभाषी भुटानीहरुको पहिलो राष्ट्रिय सम्मेलन सिड्नीमा


ABC नेपालबाट शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका विभिन्न शहरमा स्थायी बसोबासको व्यवस्था मिलाइएका नेपालीभाषी भुटानीहरुको पहिलो राष्ट्रिय सम्मेलन सिड्नीमा जारी छ । शनिबार र आइतबार गरी दुई दिन चल्ने यस सम्मेलनको पहिलो दिनका कार्यक्रमहरु सिड्नीको ब्ल्याकटाउनमा सकिएको छ । कार्यक्रमको सुरुवातमै हेमन्ता आचार्य र स्मृति ढुंगेलले संस्थाको परिचयसहित समूदायले गरेका गतिविधहरुको जानकारी समेटिएको प्रस्तुति दिएका थिए । मुख्यतः अष्ट्रेलियामा सफलतापूर्वक भुटानी शरणार्थीको बसाईका सन्दर्भमा खुशी आदान प्रदान गर्ने र यहाँ रहेका ५ हजार ६ सय भुटानीको साझा छाता संगठन निर्माण गर्नका निम्ति छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको पहिलो दिन समूदायकोABC3 एकता, आपसी सहकार्यको अभिबृद्धिका लागि अघि बढ्ने योजना निर्माण, बेरोजगारी लगायतका चुनौतीहरुको सामना गर्नका लागि अपनाउन सकिने उपाय, भाषा, संस्कृति, धर्म र साहित्यको प्रबद्र्धनमा खेल्न सकिने भूमिका लगायतका विषयमा छलफल भएको छ । ABC1कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यबाट आएको टोलीले आफ्नो क्षेत्रमा रहेका नेपालीभाषी भुटानी समूदायको अवस्था, समस्या र चुनौतीका विषयमा जानकारी गराएका थिए । उनीहरुको संख्या, उनीहरुलाई परेका समस्या र अहिलेसम्म सञ्चालित विविध गतिविधिलाई प्रष्ट्याउने काम उनीहरुले गरे । सम्मेलनमा सामाजिक र मानसिक स्वास्थ्य समस्याबारे डा. नरेश पराजुलीले आफ्ना भनाइहरु राख्नुभएको थियो भने अष्ट्रेलियामा रहेका भुटानी शरणार्थीहरुको छाता संगठनको आवश्यकताका बारेमा जीवन कोइरालाले कार्यपत्र पेश गर्नुभएको थियो । यस्तै समूदायको विकास अवधारणाबारे ओम ढुंगेल र जातीय मुद्दाहरुबारे पर्शुराम शर्माले आफ्नो प्रस्तुति दिनुभएको  थियो । सम्मेलनको समापन आज गाला डिनरका साथ गरिनेछ भने विभिन्न राज्यबाट आएका सयभन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी छन् । राष्ट्रिय सम्मेलनको लागि सुमन क्षेत्रीको संयोजकत्वमा आयोजक समिति बनाइएको थियो । जसमा सबै राज्यमा रहेका भुटानी संघ संगठनका प्रतिनिधिहरुका साथै ओम ढुंगल, डा. नरेश पराजुली, देवेन्द्र गौतम, डम्बर ढुंगेल, नन्दलाल भण्डारी, पदमलाल काफ्ले, परशुराम शर्मा र पुष्कर पौडेल रहनुभएको छ । यसअघि नेपालीभाषी भुटानी समूदायले अष्ट्रेलियन भुटनिज युथ फेष्टिभल गर्नुका साथै ईन्टरस्टेट युथ फेष्टिभलसहित भाषा, साहित्य, कला संस्कृति प्रबद्र्धनका लागि विविध गतिविधि गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?