‘कान्तरा’का कलाकारको पारिश्रमिक कति ?
कार्तिक २२, मुम्बई । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहीतही छाइरहेको छ। यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ। १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ।
फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन्। यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ।
ऋषभ शेट्टी
फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गरेका छन्। उनले यो फिल्मका लागि ४ करोड रुपैंयाँ पारिश्रमिक लिएका छन्।
सप्तमी गौडा
सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गरेकी छन् । उनले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिएकी छन्।
अच्युत कुमार
फिलममा अच्युतले देवेन्दको भूमिका निभाएका छन्। उनी फिल्मका भिलेन हुन्। कैयौं फिल्ममा अभिनय गरेका अच्युतले ७५ लाख रुपैंयाँ पारिश्रमिक बुझेका छन्।
किशोर
दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गरेका छन्। यो फिल्ममा अभिनयका लागि उनले १ करोड पारिश्रमिक लिएका छन्।
प्रमोद शेट्टी
प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गरेका छन्। यो फिल्ममा काम गर्नका लागि उनले ६० लाख रुपैंयाँ बुझेका छन्।
दीपक राय पानाजे
फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिका निकै दिलचस्प छ। फिल्मका लागि उनले ४० लाख रुपैंयाँ पारिश्रमिक लिएका छन्।
नवीन डी पडिल
नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिन्छन्। उनले फिल्ममा वकिलको भूमिका निर्वाह गरेका छन्। उनले यो भूमिकाका लागि २५ लाख रुपैंयाँ पारिश्रमिक बुझेका छन्।