एयरपोर्ट मै २ दशक बिताएका व्यक्तिको मृत्यु, उनको जीवनमा बनेको थियो फिल्म
कार्तिक २८,एजेन्सी । करीब २ दशक एयरपोर्टमा नै बसेका एक व्यक्तिको मृत्यु भएको छ। पेरिसको चार्ल्स डे गुएला एयरपोर्टमा १८ वर्ष बसेका इरानका मेहरान कारिमि नासेरीको शनिबार मृत्यु भएको हो।
उनको जीवनबाट उत्प्रेरित भएर सन् २००४ मा स्टिभन स्पेलबर्गले ‘द टर्मिनल’ फिल्म नै बनाएका थिए। शनिबार एयरपोर्टका मेडिकल टिमले नासेरीको एयरपोर्टको टर्मिनल २एफमा प्राकृतिक कारणले नै मृत्यु भएको घोषणा गरेको सिएनएनमा उल्लेख गरिएको छ।
उनी इरानका शरणार्थी हुन्। सन् १९९८ मा उनी बेल्जियम हुँदै इंग्ल्याण्ड गएका थिए। तर, उनको कागजात भएको झोला हराएपछि उनी फ्रान्स पठाइएका थिए। उनी सोही कारण कतै जान नसकेपछि एयरपोर्ट टर्मिनलमा नै बसेका थिए।
एयरपोर्टका प्रवक्ताका अनुसार नर्सिङ होममा बसेर सेप्टेम्बरको मध्यदेखि विमानस्थलको सार्वजनिक क्षेत्रमा घरबारविहीन व्यक्तिको रूपमा बस्न फर्किएका थिए। प्रवक्ताले थपे, ‘नासेरी एयरपोर्टमा एक प्रतिष्ठित चरित्र थिए। सम्पूर्ण एयरपोर्ट समुदाय उनिसँग जोडिएको थियो र हाम्रा कर्मचारीहरूले धेरै वर्षसम्म उनलाई सकेसम्म हेरचाह गरे।’
उनको जीवनीमा आधारित भएर बनेको फिल्ममा उनी पेरिसको ट्रान्जिटमा अड्किएको देखाइएको छ। तर, उनी सार्वजनिक रूपमा नै एयरपोर्टमा बसेका थिए। उनलाई एयरपोर्ट वरिपरि जान दिइएको थियो।