वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ घुससहित पक्राउ


कार्तिक २९, काठमाडौँ । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन्।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?