यसकारण आफ्नो बायोपिक चाहँदैनन् मिथुन


कार्तिक ३०, मुम्बई । अधिकांश दिग्गज कलाकारको चाहना आफ्नो बायोपिक बनोस् भन्ने हुन्छ। तर, यो मामलामा बलिउड अभिनेता मिथुन चक्रवर्ती फरक छन्। उनी आफ्नो बायोपिक कहिल्यै नबनोस् भन्ने चाहना राख्छन्।

‘मैले जीवनमा धेरै कुरा गरें। त्यसकारण अरु कसैले मैले देखेका र भोगेका कुराको अनुभव र सामना नगरुन् भन्ने मेरो चाहना हो’, उनले भनेका छन्।

मिथुनले आफ्नो अनुहारका कारण धेरैको अपमान सहनु परेको खुलाएका छन्। ‘कोही व्यक्ति मेरो जीवनबाट गुज्रियोस् भन्ने म चाहन्नँ। हरेक कसैले संघर्ष देखेका छन् र मैले कठिन दिनदेखि संघर्ष गरेको छु। तर मलाई जहिल्यै मेरो अनुहारको रंगले बोलाइन्थ्यो। मेरो अनुहारकै कारण कैयौं वर्षसम्म मेरो अपमान गरिएको छ। अनुहारकै कारण मैले खाली पेट सुत्नु पथ्र्यो र सुत्नकै लागि रुनु पथ्र्यो’, उनले भनेका छन्।

अभिनेताले कुनै समय आफ्नो आगामी भोजन के हुने र कहाँ सुत्नुपर्ने हो भन्ने सोच्ने गरेको उल्लेख गरेका छन्। ‘म पनि धेरै दिनदेखि फुटपाथमा सुतेको छु। त्यहीकारण मेरो बायोपिक बनोस् भन्ने चाहन्नँ। मेरो कथाले कसैलाई प्रेरित गर्दैन। मेरो बायोपिकले दर्शकलाई मानसिक तनाव दिनेछ। बायोपिकले मानिसको सपना हासिल गर्न हतोत्साहित गर्नेछ’, उनले भनेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?