सर्लाहीमा अर्काको नाममा भोट हाल्न खोज्ने २ जना पक्राउ
मंसिर ४, सर्लाही । सर्लाहीमा अर्काको नाममा मत खसाल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको बागमती नगरपालिका–१२ बथनिय प्रावि मतदान केन्द्रमा फर्जी मत खसाल्न खोज्ने २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका–४ जब्दी प्रावि मतदान केन्द्रमा पनि अर्काको नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका २ जनालाई नै नियन्त्रणमा राखिएको र निर्वाचन ऐन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।