कैलालीमा ६३ प्रतिशत मत खस्यो
मंसिर ४, धनगढी । कैलालीमा आज सकिएको मतदानमा कूल मतदाताको ६३ प्रतिशत मत खसेको छ।
प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो।
जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत मत खसेको बताइएको छ । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन भएको हो।