काठमाडौं-७ को मतगणना सुरु
मंसिर ५, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकले ५ बजेपछि मतगणना सुरु गर्ने सहमति गरे अनुसार बालाजुस्थित जुडो हलमा मतगणना हुन लागेको हो।
अहिले मतपेटिका खोल्ने काम भइरहेको छ।
यस क्षेत्रबाट माओवादीकी मानुषी यमि भट्टराई, एमालेका श्यामकुमार घिमिरे, जसपाका राजेन्द्र श्रेष्ठ लगायत उम्मेदवार छन्। २०७४ मा यस क्षेत्रबाट एमाले उम्मेदवार रामवीर मानन्धर निर्वाचित भएका थिए। अहिले उनी स्वतन्त्र उम्मेदवार छन्।