कैलालीमा मतगणना गरिँदै
मंसिर ५, कैलाली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ।
सर्वदलीय÷सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणना स्थलसम्ममा पुर्याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो।
निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुख्खड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र नं को धनगढीमा मतगणना गर्ने तयारी छ।
प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ।