तारजाली लगाउनाले धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने
मंसिर ५, काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ।
मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो। सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।
मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको उनको भनाइ छ। धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई र नेपाली कांग्रेसबाट सुनिलबहादुर थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।