कैलाली ५ को मतगणनास्थल बाहिर नाराबाजी
मंसिर ५, कैलाली । कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी सुरु भएको छ। मतगणनामा ढिलाई भएको भन्दै एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
कैलाली ५ मा कांग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ भने अन्य दलले त्यसलाई स्वीकारेका छैनन्। विवादकैबीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आरम गरिरहेका छन्। मुख्य निवाृचन अधिकृतको स्वास्थ्य समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चि बनेको छ।