निर्वाचन अपडेट : कांग्रेस ४५, एमाले ३५, माओवादी १४, रास्वपा ९ अग्रस्थानमा
मंसिर ६, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ३ स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ।
कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ।
मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन्। उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट लडेका थिए।
साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ। मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुन् । काठमाडौँ १ बाट प्रकाशमान सिह बिजयी भएका छन्।
नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ। ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन्। उनले १५ हजार २५ मत प्राप्त गरे।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ४५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३५ स्थानमा अग्रस्थानमा छ। साथै, नेकपा (माओवादी केन्द्र) १४ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ९ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ६, समाजवादी ७ स्थानमा स्थानमा अग्रता कायम गरेका छन्।