एकै दिन जापानमा ९ लाख १० हजार युवालाई नयाँ रोजगारी !


Japanविश्वभर बेरोजगारी बढिरहेका बेला जापानमा भने शुक्रबार एकै दिन ९ लाखभन्दा बढीले नयाँ रोजगारी पाएका छन् । विश्वविद्यालय तथा विद्यालय तहको अध्ययन पूरा गरेका ९ लाख १० हजार जापानी युवाले शुक्रबार जीवनकै पहिलो रोजगारी पाएका हुन् ।

विश्वविद्यालयबाट दीक्षित युवामध्ये २ हजार २ सय ३९ जनालाई टोयटा कम्पनीले मात्र एकै पटक रोजगारी दिएको छ । गत वर्ष पनि यो कम्पनीले धेरैलाई रोजगारी दिएको थियो । कम्पनीको मुख्य कार्यालय आइची केनमा एक विशेष कार्यक्रम गरी नयाँ कामदारको स्वागत गरिएको थियो ।

कार्यक्रममा टोयटाका प्रमुख अकियो टोयोदाले टोयटा कम्पनी विश्वकै उत्कृष्ट कम्पनी भएकाले यसलाई अझ अगाडि बढाउन र कम्पनीको साश बचाई राख्न नयाँ कामदारले पनि मेहनत गर्नुपर्ने बताए ।

जापानका अन्य ५ सयभन्दा बढी रोजगार प्रदायक कम्पनीहरुले शुक्रबार युवालाई नयाँ अवसर दिएका छन् । यसरी नयाँ रोजगारी दिने कम्पनीहरुमा निसान, जापान एयरलाइन्सलगायत प्रमुख स्थानमा छन् । उनीहरुले पनि शुक्रबारै नयाँ कामदारलाई भव्य कार्यक्रम गरी  स्वागत गरेका छन् ।

जापानको प्रमुख विद्युतीय सामाग्री उत्पादक गर्ने अर्को प्रख्यात पानासोनिक कम्पनीले ६ सय ६९ जना नयाँ कामदारलाई रोजगारी दिएको छ ।

जापानको सरकारी विमान सेवा जापान एयरलाइन्सले ५ सय जनालाई रोजगारी दिएको छ । जापानमा हरेक वर्ष अप्रिल १ लाई युवा युवतीहरुले औपचारिक रुपमा पहिलो रोजगारी शुरु गर्ने दिनका रुपमा मानिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?