चितवन–२ मा एमालेको अग्रता कायमै, रबी फेरि तेस्रो स्थानमामा झरे


मंसिर ६, काठमाडौँ ।

चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ३ हजार २५४ मतका साथ अग्रस्थानमा रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन्। उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ९ मतले पछि परेका हुन्।

मतगणनाको पछिल्लो परिणम अनुसारकांग्रेसका श्रेष्ठले २ हजार ७२६ मत ल्याएका छन् भने लामिछानको २ हजार ७१७ मत रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?