चितवनका दुई क्षेत्र रास्वपा र एकमा राप्रपाको अग्रता


मंसिर ६, काठमाडौँ । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र एउटा निर्वाचन क्षेत्रमा राप्रपाले अग्रता कायम राखेको छ।

जिल्लाको क्षेत्र नम्बर १ र २ मा रास्वपा ले अग्रता कायम राखेको हो भने क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको छ। चितवन क्षेत्र नम्बर १ मा रास्वपा का हरि ढकालले सात हजार तीन सय ८६ मत प्राप्त गर्दै अग्र स्थानमा कायम गरेका छन्।

२२ हजार चार सय १८ मत गणना हुँदा उहाँले सो मत प्राप्त गरेका हुन्। नेकपा एमालेका सुरेन्द्र पाण्डेले छ हजार आठ सय ५१ र गठबन्धनबाट नेपाली कांग्रेसका विश्व पौडेलले छ हजार एकसय २३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा एक लाख ३९ हजार आठ ४५ जना मतदाता रहेका छन्।

क्षेत्र नम्बर २ मा रास्वपा का अध्यक्ष रवि लामिछानेले अग्रता कायम राखेका छन्। लामिछानेले ५ हजार ७९८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ४ हजार ३९३ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उमेश श्रेष्ठले तीन हजार आठ ३५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन्।

पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका बिक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनले पाँच हजार सात सय २५ मत प्राप्त गर्दा रास्वपा की जीता बरालले चार हजार चार सय २४ मत प्राप्त गरेका छन्। गठवन्धनबाट उम्मेदवार वन्नुभएका माओवादी केन्द्रका डा.भोजराज अधिकारीले चार हजार दुई सय ९० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले तीन हजार चार सय ७२ मत प्राप्त गरेका हुन्। अहिलेसम्म १९ हजार दुई सय ३३ मत गणना सकिएको छ।

सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए। यस क्षेत्रमा १ लाख ४४ हजार २८३ मतदाता छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?