निर्वाचन आयोगको कल सेन्टर बन्द


मंसिर ७, काठमाडाैँ। निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा बन्द भएको छ।

निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?