दुई सातादेखि अवरुद्ध ब्रसेल्स विमानस्थल सुचारु, पहिलो उडान पोर्चुगल
ब्रसेल्स विमानस्थलको विगत दुई हप्तादेखि अवरुद्ध सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । मार्च २२ मा विमानस्थल र स्थानीय एक मेट्रो स्टेसनमा इस्लामिक समूह (आईएस) ले गराएको आक्रमणमा परी कम्तिमा ३५ जनाको मृत्यु पछि अनुसन्धान र सुरक्षास्थितिलाई ध्यान दिँदै उक्त विमानस्थलबाट कुनै पनि उडान भरिएको थिएन । आइतबार ब्रसेल्सबाट पोर्चुगाली सहर फारोका लागि विमान छुटेसँगै सेवा सुचारु भएको हो । यद्यपि सेवालाई पहिलेको अवस्थामा ल्याउन भने अझै केही समय लाग्ने ब्रसेल्स विमानस्थलका कार्यकारी प्रमुख अरनाउद फेइस्टले बताउनुभयो ।