सर्लाही १ मा लोसपाका चौधरीको अग्रता


मंसिर ७, सर्लाही। प्रतिनिधिसभातर्फ सर्लाही १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामप्रकाश चौधरीले अग्रता कायम गरेका छन् । उनले स्वतन्त्र उम्मेदवार मनबहादुर खड्कालाई १२ सय ९८ मतले पछि पारेका छन्।

पछिल्लो मतपरिणामअनुसार चौधरीले १० हजार ६ सय ८९ मत ल्याएका छन् भने खड्काले नौ हजार तीन सय ९१ मत प्राप्त गरेका छन्। यस्तै, जनता समाजवादी पार्टीका प्रमोद साहले पाँच हजार सात सय ६४ मत प्राप्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?