उपेन्द्र यादवलाई भारी मतले हराउँदै सप्तरी–२ बाट सिके राउत निर्वाचित


मंसिर ७, काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन्।

राउतले ३५ हजार ४२ मत पाउँदा उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?