अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर
मंसिर ७, सल्यान। अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक, भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध गैरकानुनी लाभ र हानी पुर्याएको भन्दै भष्ट्राचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
उनीहरूविरुद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्या ई रकम अनियमितता गरेको भन्नेु उजुरी परेको थियो। सोही उजुरीको अनुसन्धान गर्दा विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुशन्धानबाट खुलेको छ।
झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी मूल्यांकनमा सही गरी ८७ लाख तीन हजार तीन सय १२ रुपैयाँ सरकारलाई हानीनोक्सानी पुर्याकएको फेला परेपछि अख्तियारले आरोपपत्र दायर गरेको हो।