अछाम-२ बाट प्रतिनिधिसभामा कांग्रेसका शाह विजयी


मंसिर ७, काठमाडौँ । प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन्।

२३ हजार ५४ मत प्राप्त गर्दै शाह विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर ७ हजार २० रहेको छ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?