दैलेख १ मा एकीकृत समाजवादीका अम्मर थापा विजयी
मंसिर ८, दैलेख । दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उनले १८ हजार दुई सय ५६ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे।
विसं २०७४ प्रदेशसभामा विजयी भएका थापाले यसपटक प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन्। विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजङ्ग थापालाई पराजित गरेका थिए।
प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो। कूल मत मध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।