अर्घाखाँचीबाट लगातार चौथोपटक रायमाझी निर्वाचित
मंसिर ८, अर्घाखाँची। अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोप बहादुर रायमाझी निर्वाचित भएका छन्। राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन्।
रायमाझी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरे।
एमालेका केन्द्रीय सचिव समेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए। प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ।