कर्णाली : प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक


मंसिर ८, कर्णाली । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ। प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ। अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ। सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा ९एमाले० का अमृतकुमार विसी पराजित भएका छन्। थानीको पक्षमा ३४ हजार छ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे।

त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी) का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरेका छन्। थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे। राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार छ सय दुई मत प्राप्त गरे। दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन्। उनले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराए।

यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार एक सय २० मत ल्याएर पराजित भए।

यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराए। शाहले १९ हजार सात सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहे।

यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी भएका छन्। उनी २२ हजार आठ सय १९ मत ल्याएर विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई दश हजार आठ सय ६० मतान्तरले उनले पछाडी पारे। यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै गएको छ भने मुगु, हुम्ला र डोल्पामा अहिले मतगणना जारी छ।

प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक
कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ। अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरु १० ठाउँमा सत्ता गठबन्धका उम्मेदवार निर्वाचित भएका छन्। सुर्खेत क्षेत्र नं २ ९२० मा एमालेका यामलाल कँडेल विजयी भएका छन्।

कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित भए। यस्तै दैलेख क्षेत्र नं १ ९१० बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भइसकेका छन्। उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। उनले नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे।

यस्तै त्यही क्षेत्रको प्रदेशसभा ९२० तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी भएका छन्। उनले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाए।

यस्तै दैलेख क्षेत्र नं २ ९१० तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराएका हुन्। भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। जाजरकोट प्रदेशसभा ९१० मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन्।

सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गरे। जाजरकोटकै प्रदेशसभाअन्तर्गत ९२० बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन्। उनले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाएका छन्।

कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरे। जुम्ला प्रदेशसभा ९१० मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका छन्। यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन्।

कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारीमन्त्री रोकायलाई पछाईले पराजित गरेका हुन्। पछाई सात हजार आठ सय १५ मतले विजयी भएका हुन्। रोकायले छ हजार सात सय २२ मत प्राप्त गरेका छन्। पछाई एमाले प्रदेश कमिटी उपसचिव छन्। यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेदवार प्रदेशसभामा निर्वाचित भएका छन्। कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आंकलन गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?