पाकिस्तानमा शक्तिशाली बाढी, कम्तिमा ५३ जनाको मृत्यु
पाकिस्तानका विभिन्न प्रान्तमा प्रि मन्सुनी वर्षापछि आएको बाढीमा परी कम्तिमा ५३ जनाको मृत्यु भएको छ ।
शनिबार आएको वर्षापछि उत्तरपश्चिम खाइबर पाख्तुन्ख्वा, कश्मिर र गिल्गिट बाल्टिस्तान प्रान्तका विभिन्न क्षेत्रमा बाढी आएको हो । बाढीमा परि धेरै घाईते भएका छन् । बाढीबाट घर, सडक, पुललगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
पाकिस्तानमा प्रि मनसुनी वर्षाले धेरैजसो दुर्गम क्षेत्रमा बढी क्षति पु¥याउने गरेको छ । गत वर्षपछि विभिन्न क्षेत्रमा आएको बाढीका परि सयौंको मृत्यु भएको थियो ।