विश्वकपमा स्विट्जरल्याण्डसँग क्यामरुन १-० ले पराजित
मंसिर ८, एजेन्सी। विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो।
खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा निर्णायक बन्यो। गोल गर्दै इम्बोलेले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन्।
उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए। जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ । यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन्। ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ। ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ।