रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी
मंसिर ८, काठमाडौँ । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन्। उनले ३२ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका हुन्। अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएका छन्।
नेकपा (एमाले)ले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई पछि सत्ता गठबन्धनले समर्थन गरेको थियो।