कपिलवस्तु-१ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित


मंसिर ८, काठमाडौँ । कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०का उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन्। अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि खनाल ‘बलदेव’ लाई १५ हजार छ सय ९२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।

अधिकारीले ३४ हजार छ सय ७५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार नौ सय ८३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिए।

जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले आठ हजार तीन सय ९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले छ हजार ७५ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले चार हजार तीन सय ४१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले तीन हजार तीन ७६ मत पाए।

निर्वाचनमा पराजित खनाल माओवादी केन्द्रका सचिव हुन्। उनी २०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?