छिमेकी बालक अपहरणमा संलग्न महिला पक्राउ


parsa_districtबालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार राति वीरगन्जमा एक महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका सतबरियाकी सुगन्धी देवी रहेकी छन् । पोखरिया नगरपालिका सतबरियाकै ९ वर्षीय बालक लोटन चौहानको अपहरणमा प्रत्यक्ष संलग्न रहेको आरोपमा सुगन्धीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक यमबहादुर गुरुङले बताउनुभयो ।

गत फागुन १५ गते पोखरिया बजार घुमाउन भनी लिएर गएको लोटनलाई सुगन्धीले सीमावर्ती भारतीय बजार सिक्टामा पु-याई दुईजना अपहरणकारीको जिम्मा लगाएकी थिइन् ।

सीमावर्ती भारतीय प्रहरी सिक्टाको सहयोगमा अपहरण भएको २४ दिनपछि यही चैत ९ गते सिक्टास्थित रेल्वे स्टेसनको नजिकबाट लोटनलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेका थिए । उद्धार गरिएका बालकको बयानका आधारमा प्रहरीले सुगन्धीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?