मोरङ–४ बाट माओवादी केन्द्रका अमनलाल मोदी विजयी
मंसिर ९, काठमाडौँ । मोरङ–४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोदप्रसाद ढकाललाई ६ हजार १४९ मतले पराजित गर्दै विजयी भएका हुन्।
मतगणनाको अन्तिम नतिजाअनुसार मोदीले ३० हजार ६१२ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका छन्।