बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित
मंसिर ९, काठमाडौँ । बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन्।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए।
यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा कानुले ११ हजार ४० मत पाए।