गुल्मी–१ मा चन्द्र भण्डारी १०२५ मतले अगाडी


मंसिर ९, गुल्मी । गुल्मी–१ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिष्पर्धा देखिएको छ। मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका चन्द्र भण्डारीले १०२५ मतले अग्रता लिएका छन्। उनले ३१ हजार २३९ मत प्राप्त गरेका छन्।

त्यस्तै एमालेका प्रदीप ज्ञवालीले ३० हजार २१४ मत प्राप्त गरेका छन्। गुल्मी(१ को मतगणना अब अन्तिम चरण तिर पुगेको छ। अहिले रेसुङ्गा नगरपालिकाको मत गणना भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?