कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको पल्लाभारी


मंसिर ९, कास्की। कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ।

कास्कीका– ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या भट्टराई तथा कास्की–३ दामोदार पौडेल बैरागी विजयी भएसँगै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको हो।

शुक्रवार बिहान घोषण भएको मतपरिणामअनुसार सत्तारुढ गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २ हजार ५१९ मतले पछाडि पार्दै एमालेका गुरुङ विजयी भएका छन्। गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा सीमित भएका थिए।

उता, कास्की–२ बाट भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँललाई पराजित गरेर प्रतिनिधिसभा दोस्रोपटक विजयी भएका हुन्। तत्कालीन एमालेका सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ को रिक्त स्थानमा भएको उपनिर्वाचनबाट पहिलोपटक विजयी भएकी भट्टराईले दोस्रोपटक प्रतिनिधिसभामा विजयी भएकी हुन्। भट्टराई दिवगंत रवीन्द्र अधिकारीकी धर्मपत्निसमेत हुन्।

कास्की–३ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद प्रसाद बराललाई हराउँदै पौडेल यसअघि नै विजय भइसकेका छन्। बरालले १७ हजार ५ हजार ५३५ मतमा सीमित हुँदा पौडेलले २२ हजार ९८० मत ल्याएर विजयी भएका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?