युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट : ‘पर्याप्त हतियार नदिएको गुनासो’
मंसिर १०, मस्को । ‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका (जसमध्ये कतिपय मारिएका छन्) रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन्। ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने।
धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् ।
आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानीपूर्वक चयन गरिएको बताएका छन्। युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ।
देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो गर्दै आएका छन्। विशेष गरी कडा चिसो जाडो सुरु भएसँगै पर्याप्त लुगाबिना युद्धमा पठाइएको उनीहरुले गुनासो गर्दै आएका छन्।
२४ फेब्रुवरीमा सुरु भएको युद्धपछि करिब १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका अमेरिकी वरिष्ठ जनरल मार्क मिलिले दाबी गरेका छन्। रिजर्भ सेना परिचालन गर्ने कदममा गल्ती भएको दुई महिनाअघि क्रेमलिनले स्वीकार गरेको थियो।
मस्को नजिकैको उनको निवासमा शुक्रबारको बैठकमा पुटिनलाई १७ आमाहरूको समूहसँग ठूलो टेबुलमा बसेका थिए। तिनीहरूमध्ये केहीले शोकको प्रतीकमा कालो हेडस्कार्फ लगाएका थिए।
‘म तपाईंलाई यो भन्न चाहन्छु कि म व्यक्तिगत रूपमा र देशको सबै नेतृत्व यो पीडा सेयर गर्छौ’, राष्ट्रपतिले भने। उनले एउटी आमालाई उनको छोराले “आफ्नो लक्ष्य हासिल गरेको“ र “व्यर्थमा नमेरको “ बताए।