एमालेका महेश बस्नेतसँग पराजित भए झलनाथ खनाल


मंसिर ११, इलाम। एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्।

इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन्।

खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २ हजार ३४५ मत पाएका छन्।

तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राखेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?